४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पदाधिकारीमा ओली पक्षकै दबदबा : १९ मध्ये २ मात्रै ईश्वरका (नामसहित)

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पुन केपी शर्मा ओली निर्वाचित भएका छन्। महाधिवेशनमा दुईवटा प्यानलबाट प्रतिस्पर्धा हुँदा कुल १९ सदस्यीय पदाधिकारी चयन भएको छ। 

जसमा केपी शर्मा ओलीको प्यानलबाट १७ जना र ईश्वर पोखरेलको प्यानलबाट २ जना विजयी भएका छन्। 

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त र महासचिव शंकर पोखरेल विजयी भएका छन्। 

यता ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट रहेका छन्। १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन्।  

यस्तो बन्यो पदाधिकारी टिम  
अध्यक्ष  
केपी शर्मा ओली  

उपाध्यक्ष  
पृथ्वी सुब्बा गुरुङ  
विष्णु पौडेल  
रामबहादुर थापा बादल  
गोकर्ण विष्ट  
रघुजी पन्त  

महासचिव  
शंकर पोखरेल  

उपमहासचिव   
लेखराज भट्ट  
रघुवीर महासेठ  
योगेश भट्टराई  

सचिव   
महेश बस्नेत  
पद्माकुमारी अर्याल  
छविलाल विश्वकर्मा  
शेरधन राई   
हिक्मत कुमार कार्की  
खगराज अधिकारी  
यामलाल कँडेल  
राजन भट्टराई  
भानुभक्त ढकाल

प्रकाशित: ३ पुस २०८२ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App