१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीको टिप्पणी: अहिले ‘सो कल्ड’ परिवर्तन भनियो, प्रतिगमन हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछि विकसित घटनाक्रम परिवर्तन नभएर प्रतिगमन भएको टिप्पणी गरेका छन्। शुक्रबार विद्वत् वर्गसँगको अन्तर्संवाद कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। 

‘अहिले सो कल्ड परिवर्तन भनिएको छ। यो प्रतिगमन हो। प्रतिगामी कदम हो। प्रतिगमन भएको छ,’ ओलीले भने, ‘यो असंवैधानिक हो, संविधान मिचिएको छ, पेलिएको छ। संविधानलाई अर्थहीन बनाइएको छ।’ 

यो कुरा एमालेलाई स्वीकार्य नभएको उनले बताए। उनले भने, ‘पहिलो काम नै सार्वभौम जनताबाट निर्वाचित, सार्वभौम जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भंग गर्ने काम भएको छ।’ जुन संविधानको कुनै पनि धाराले नदिने उनले बताए। ‘त्यस कारण यो असंवैधानिक हो, यो लोकतन्त्रविरुद्धको कदम हो,’ ओलीले भने।  

प्रकाशित: २१ कार्तिक २०८२ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App