७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रजातन्त्र दिवसमा ओलीको शुभकामना : तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गर्दै अघि बढौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन्।

आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै ओली यस्तो बताएका हुन्। उनले प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन्।

'आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन,' उनले शुभकामना सन्देशमा भनेका छन्, 'प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान।'

सोही क्रममा ‌‌ओलीले प्रजातन्त्र दिवसको दिनले सबैलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने जिकिर गरे। उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने र आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने तीन जिम्मेवारी स्मरण गराएका हुन्।

उनले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै जागरूकता पूर्वक अघि बढ्न आग्रह समेत गरे।

'आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ - पहिलो, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने। दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने। तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने। आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौं,' उनले भने, 'प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।'

प्रकाशित: ७ फाल्गुन २०८२ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App