नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै मिडियाका गेट अगाडि पार्किङ गर्न लगाएको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको निर्देशनमा सो कार्य भएको बताए।
‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, मिडिया हाउस अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ’,उनले भने, ‘ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन। किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ ?’।
उक्त घटनाले जनताको सहिष्णुतामाथि खेलवाड भएको भन्दै उनले यसलाई फासिजमको संज्ञा दिए। ‘यो फासिजम हो। यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ?, उनले भने।
यस्तै, उनले अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले अत्याचार गरेको बताए। शान्तिपूर्ण ढंगले विरोध जनाउँदा पनि अत्याचार भएको भन्दै यस्तो तानाशाही भन्दा बढी तनाशाही अहिलेको सरकार रहेको बताए।
प्रकाशित: १ श्रावण २०८३ १४:५१ शुक्रबार





