२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली सप्रिएन रे, बिग्रेको हुनुपर्‍यो नि सप्रिनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर आफूलाई ‘सप्रिएन’ भनेर टिप्पणी गर्नेलाई जवाफ फर्काएका छन्। बुधबार एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले सप्रिन बिग्रिएको हुनुपर्ने बताए।

‘बाहिर बाहरि अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुपर्‍यो नि सप्रिन,’ ओलीले भने। उनले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने पनि बताए। 

‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने पनि उनले बताए। 

एमालेकै नेताहरूले बाहिर गएर ‘अखबारबाजी’ गरेको भन्दै ओलीले आक्रोश पनि पोखे। ‘बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु। म आफैँ हिँड्न सक्छु किन बोक्नपर्‍यो,’ ओलीले भने। 

प्रकाशित: २९ आश्विन २०८२ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App