१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओली, देउवा र प्रचण्डको शासनकाल ‘लुटतन्त्र’ हो: बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको शासनकाललाई ‘लुटतन्त्र’ घोषणा गर्नुपर्ने बताएका छन्।

बस्नेतले २०७२ सालको संविधान जारी भएपछि २०८२ सम्मको अवधिलाई नेपाली राजनीतिको कालो युगको संज्ञा दिँदै यस अवधिलाई ‘लुटतन्त्र’ को कालखण्डको रुपमा चित्रण गर्नुपर्ने धारणा राखेका हुन्।

उनले यो १० वर्षे अवधिमा महँगी, गरिबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको आरोप लगाए ।

बस्नेत भन्छन्, ‘देशको अर्थतन्त्र लामो समयदेखि व्यापार घाटा, वैदेशिक ऋण, अल्पविकास, बेरोजगारी, परनिर्भरता र असमानताको दुश्चक्रमा जकडियो।’

उनले सरकार, राजनीतिक दल र नेतृत्वप्रति जनतामा व्यापक असन्तुष्टि फैलिएको र युवा पुस्ताले देशमा आफ्नो भविष्य देख्न नसक्ने अवस्था सिर्जना भएको सुनाए।

बस्नेतले एनसेल, वाइडबडी, यती, ओम्नी, बुढीगण्डकी र सुनकाण्डजस्ता ठूला भ्रष्टाचारका काण्डहरू ओली, देउवा र प्रचण्डकै शासनकालमा भएको दाबी गर्दै यी सबै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

उनले भने, ‘यो कालखण्डलाई अलग्गै राजनीतिक पहिचान दिनु उपयुक्त हुन्छ।’

प्रकाशित: ८ कार्तिक २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App