१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओलीले बोलाए सचिवालय बैठक

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

आफूले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठक भोलि (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको उनले बताए।

बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए।

प्रकाशित: ११ आश्विन २०८२ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App