२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली र लेखकको रिटमाथि आज सुनुवाइ हुने

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सोमबार (आज) सुनुवाइ गर्ने भएको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले सुनुवाइ सुरु गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको थियो।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गतेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो।

रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ।

प्रकाशित: २३ चैत्र २०८२ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App