२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

अब देश एमालेले सम्हाल्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमाले मात्र रहेको बताएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उनले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने बताएका हुन्। देशमा भएको तोडफोड, आगजनी र विध्वंसबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै बिचमा रहेको बताए।

देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता बिथोलेर निर्वाचन जित्न नसकिने ओलीको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका छन्। अध्यक्ष ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो।

प्रकाशित: ११ फाल्गुन २०८२ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App