४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाको मनोनयन दर्ता

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका छन् ।  

पार्टीको सिफारिसमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् ।  

यसअघि राज्य व्यवस्था तथा सूशासन समितिको सभापति रहेका खतिवडाले निजामति विधेयकमा भएको छेडखानीपछि संसदीय समितिको प्रतिवेदन आएसँगै राजीनामा दिएका थिए ।  

खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति ईश्वरी न्यौपानेले राजीनामा दिँदै राज्य व्यवस्था तथा सूशासन समितिमा निर्वाचित भएकी थिइन ।  

त्यसपछिको प्रतिनिधि सभामा खतिवडालाई सुनुवाइ समिति सदस्य बनाइएको थियो। अहिले खतिवडाले समितिको अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

प्रकाशित: १९ भाद्र २०८२ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App