१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

पौने तीन सय वर्षदेखिको सत्ता संघर्षबाट कुनै तन्त्र उम्कन सकेन : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको राजनीतिक इतिहास सत्ता संघर्ष, रगत र आँशुको लामो शृंखलाबाट गुज्रिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बास्कोटाले पौने तीन सय वर्षदेखिको राजनीतिक सत्ता संघर्षको खेलबाट नेपालको कुनै पनि तन्त्र उम्कन नसकेको बताएका हुन्।

उनले लोकतन्त्रमा समेत सरकार पाँच वर्ष टिक्न नसकेको उल्लेख गर्दै विगतको इतिहासबाट राजनीतिक नेतृत्वले पाठ सिक्न नसकेको भनाइ राखे।

बास्कोटाले लेखेका छन्, ‘रात, रगत, आँशु र सत्ता पौने तीन सय वर्षदेखिको अनन्त राजनीतिक सत्ता सङ्घर्षको खेलबाट नेपालको कुनै तन्त्र उम्कन सकेन। लोकतन्त्रमा पनि पाँच वर्ष कोही टिकेन। विडम्बनापूर्ण इतिहासबाट कसैले चेतेन।’

प्रकाशित: १५ आश्विन २०८३ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App