१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कुनै आन्दोलन अन्तिम हुँदैन: रक्षा बम

जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमले नेपालको वर्तमान अवस्थाको संक्रमणकालीन राजनीतिक अवस्थामा जो कोहीले फाइदा नखोज्न सुझाएकी छन्। कुनै पनि आन्दोलन अन्तिम नहुने भन्दै उनले जनताले राजनीतिक शक्तिको हिसाबकिताब राखिरहेको बताएकी छन्।      

जेनजी पुस्ता कसैको निर्देशनमा नभई आफ्नै प्रश्न र आत्मबोधका कारण आन्दोलनमा होमिएको बताउँदै उनले देशको यस्तो संक्रमणकालीन अवस्थामा आफ्नो फाइदाको रोटी सेक्न खोजिरहेका जो कोहीलाई बिर्सन नहुने बताइन्। उनले अब देशका जनता पछाडि नफर्किने चेतावनी दिँदै नेपाली जनता राजनीतिक दलको दलदलमा मात्रै नफस्ने तर  पारिवारिक राज्यसत्ता र व्यक्तिवादको नायकराजमा जान तयार नभएको बताइन्।  

बमले इतिहासलाई साक्षी राख्दै नेपाली जनता सधैँ हरेक तानाशाहविरुद्ध लडेको स्मरण गराउँदै राजनीतिक शक्तिलाई जनताले सबै हिसाबकिताब राखेको बताएकी छन्।

प्रकाशित: १२ कार्तिक २०८२ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App