२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गृहले भन्यो- हिमाली जिल्लाका मतदान केन्द्र सार्ने विषयमा निर्णय भएको छैन

फागुन २१ गते हुने निर्वाचनका लागि हिमाली जिल्लामा रहेका मतदान केन्द्रहरू सार्ने विषयमा गृह मन्त्रालयले कुनै औपचारिक निर्णय नगरेको बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पछिल्लो समय मौसममा परिवर्तन आए पनि हिमाली क्षेत्रमा रहेका मतदान स्थल तथा केन्द्र सार्ने वा नसराउने विषय मुख्यतः निर्वाचन आयोगको अधिकार क्षेत्रभित्र पर्ने जानकारी दिए।

उनले भने, ‘मतदान स्थलको विषय निर्वाचन आयोगसँग सम्बन्धित हो। आयोगको औपचारिक छलफल र निर्णयविना अहिलेसम्म कुनै तयारी गरिएको छैन।’

प्रवक्ता काफ्लेले मतदान प्रक्रिया प्रभावित हुने गरी अनावश्यक हल्ला नगर्न आग्रह गर्दै नियमित मतदान प्रक्रिया भएकाले यसलाई अस्वाभाविक रूपमा नलिन पनि आग्रह गरेका छन्।

त्यस्तैगरि, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिहरूले भने आ-आफ्नो क्षेत्रमा भौगोलिक अवस्था, सुरक्षा संवेदनशीलता र पहुँचको अवस्थाबारे नियमित अध्ययन र निगरानी गरिरहेको जानकारी दिए।

प्रकाशित: १४ माघ २०८२ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App