लामो समयसम्म निर्वाचन बहिष्कार गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदान गरेका छन्।
उनले रोल्पाको परिवर्तन गाउँपालिका-३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख ओनसरी घर्ती र सोही पार्टीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले पनि रोल्पा नगरपालिका-७ मडिचौरमा रहेको बाल उदय मावि मतदान केन्द्रमा मतदान गरे।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारी अनुसार जारी मतदान अपराह्न ५ बजेसम्म एकै चरणमा हुनेछ।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:०७ बिहीबार





