राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले श्रीमान् लामिछानेका प्रति सरकारले प्रतिशोध साँधेको आरोप लगाएकी छन्।
उनले लामिछानेले न्याय नपाएसम्म लडिरहने सङ्कल्पसमेत गरेकी छन्। 'यो सरकार, उसले साँधेकाे प्रतिशाेध र गरेकाे अन्यायविरुद्ध निरन्तर लड्छु। मेराे श्रीमान्ले न्याय नपाएसम्म लडिरहन्छु,' उनले फेसबूकमा लेखेकी छन्।
उनले आफू नथाकेको र नहारेको पनि बताएकी छन्। 'म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु,' उनले थप लेखेकी छन्।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएर अहिले कारागारमा छन्। उनको पार्टी रास्वपाले लामिछाने कारागारमा पुग्नुलाई सरकारले प्रतिशोध साँधेको रूपमा व्याख्या गर्ने गरेको छ।
प्रकाशित: २७ श्रावण २०८२ १३:३३ मंगलबार





