५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

बुधबार वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।  

रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। 

यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्।  

पार्टी विधानअनुसार रास्वपामा वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनीत गर्ने व्यवस्था रहेको छ। साथै, सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार पनि राख्छन्।  

प्रकाशित: १७ असार २०८३ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App