राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको बुधबार शपथ ग्रहण हुँदैछ।
पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ हुने रास्वपाले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। बाँकी ५१ जना भने सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्।
प्रकाशित: १७ असार २०८३ ०७:३६ बुधबार





