१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन्द्रको नेतृत्वमा नयाँ सरकार: यस्तो बन्दैछ १५ सदस्यीय मन्त्रिमण्डल (नामसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। 

संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। शाहले आजै दिउँसो १२:३४ मा शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने छन्। उनीसँगै आजै शपथ लिन लागेको १५ सदस्यीय मन्त्रिमण्डलको सूची यस्तो छ:

मन्त्रालयमन्त्रीको नाम
प्रधानमन्त्री तथा रक्षाबालेन्द्र शाह (बालेन)
अर्थस्वर्णिम वाग्ले
गृहसुधन गुरुङ
परराष्ट्रशिशिर खनाल
कानुनसोविता गौतम
ऊर्जाविराजभक्त श्रेष्ठ
उद्योगअमरेश सिंह
सामान्य प्रशासनप्रतिभा रावल
कृषिगीता चौधरी
सञ्चारविक्रम तिमिल्सिना
श्रमदिपक साह (महोत्तरी)
शिक्षासस्मित पोखरेल
पर्यटनखडक (गणेश) पौडेल
महिला तथा बालबालिकासिता वादी
स्वास्थ्य तथा जनसंख्यानिशा मेहता

नयाँ मन्त्रिमण्डलमा रास्वपाले विज्ञ र युवा अनुहारलाई प्राथमिकता दिएको स्रोतले बताएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App