२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ भनिएको सरकारले पनि सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् ।  

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।  

गत भदौ २३ मा निहत्था नेपाली जनतालाई ताकी ताकी गोली हान्नेलाई र २४ गते षडयन्त्रपूर्वक तथा योजनाबद्ध ढंगले राज्यको सम्पत्ति जलाउनेहरुलाई कार्वाही गनुपर्ने बताउँदै उनीहरुलाई कार्वाही नगरिकन र चुनावमा उठ्न नपाउने बन्दोबस्त गर्नुपर्ने जनताको मागलाई सम्वोधन नगरीकन फागुन २१ मा चुनाव भएकोमा उनले आपत्ति प्रकट गरे ।  

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको पछिल्लो अभिव्यक्तिे राजनीतिमा उमेरले नयाँ नभइकन विचारले नयाँ हुनुपर्ने स्पष्ट हुँदै गएको धारणा पनि उनले कार्यक्रममा राखेका थिए ।  

नेपाल मजदुर किसान पार्टीले नेपालका अधिकांश भुभाग भारतले अतिक्रमण गरेको विरोधमा भारतीय राजदुतावासमा ज्ञापन पत्र दिएको स्मरण गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अंग भएको सचिव प्रेम सुवालले बताए ।  

प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिले कुन आसयमा नेपालले पनि भारतको भूमी मिचेको भनेर देशद्रोही अभिव्यक्ति दिएकोमा आश्चर्यव्यक्त गर्दै यस्तो अभिव्यक्ति दिने व्यक्तिले देशको सीमा रक्षा गर्न नसक्ने स्पष्ट पारे ।

अहिलेको बजेटले नेपालीलाई विजुली महँगो बनाएर भारतलाई सस्तोमा बेच्न विजुलीमा कर वृद्धि गरेको र भारतबाट ग्यास आयात बढाउन चलखेल गरेको उनले आरोप लगाए ।  

नयाँ पुस्तालाई योग्य बनाउँदै कुलतबाट बचाउँदै देशभक्त अनि राष्ट्रवादी नागरिक उत्पादन विद्यालय र कलेजहरुले अझ मेहनत गर्नुपर्ने धारणा पनि सचिव सुवालले कार्यक्रममा व्यक्त गरेका थिए । 

प्रकाशित: २१ जेष्ठ २०८३ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App