२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रामहरिको प्रस्तावमा राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी मनोनयन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी देवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।  

संघीय संसद सचिवालयले तोकेको समयभित्र नेपाली कांग्रेसकी सांसद न्यौपानेले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । राज्य व्यवस्था समिति कांग्रेसको भागमा परेको समिति हो ।  

न्यौपानेले आजै संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । न्यौपानेको मनोनयनमा खतिवडा आफैं प्रस्तावक बसेका छन् । 

यो पनि पढ्नुहोस्

संसदीय सुनुवाइ समितिको सभापतिबाट  न्यौपानेले बुझाइन राजीनामा

प्रकाशित: १० भाद्र २०८२ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App