२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति थापा आज बारा र पर्साको चुनावी कार्यक्रममा सहभागी हुने

कांग्रेस सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रमका लागि कोल्हवीमा बनाइएको स्टेज र लगाइएको झण्डाहरू

नेपाली कांग्रेसका सभापति गगन थापा आज बाराको कोल्हवी, प्रसौनी र पर्साको वीरगन्जमा आउने भएका छन्।

फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न सभापति थापा बारा र पर्सामा आउन लागेका हुन्।

नेपाली कांग्रेस बारा, क्षेत्र नम्बर १ ले कोल्हवी र बाराको क्षेत्र नम्बर ४ ले प्रसौनीमा आयोजना गर्ने चुनावी सभालाई सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समिति सदस्य श्रवण मैनालीले जानकारी दिए।

कोल्हवीमा दिउँसो १२ः३० बजे चुनावी कार्यक्रमलाई सम्बोध गर्ने गरि सबै तयारी पूरा गरिएको मैनालीले बताए।

कोल्हवीपछि प्रसौनी हुँदै आजै वीरगन्जमा पनि मधेश प्रतिज्ञा सभा सार्वजनि गर्ने कार्यक्रम तय गरिएको मैनालीले बताए।

प्रकाशित: १६ फाल्गुन २०८२ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App