१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो।  

बैठकको निर्णय जानकारी गराउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरेको जानकारी दिए । उनले भने, प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको छ।ʼ

प्रवक्ता महतले  प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए। यस्तै महाधिवेशनका विषयमा छिटै निर्णय हुने उनले बताए।  

 

प्रकाशित: ६ मंसिर २०८२ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App