११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड–माधवसँगै भीम रावल पहिलो लहरमा

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जन बढी वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा ‘पार्टी एकता सन्देश सभा’ गर्दैछ। दिउँसोबाट सुरु भएको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल सहभागी छन्।  भव्य मञ्चको अग्रभागमा दुवै जनालाई राखिएको छ।  

प्रचण्ड र माधवसँगै पहिलो लहरमा भीम रावल छन्। नेकपा एमालेका पूर्व उपाध्यक्ष रहेका रावल एमालेको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका थिए। उनी पराजित भए। त्यसपछि पार्टीमा निष्क्रिय रहेका उनीमाथि अनुशासनको कारबाही गर्दै एमालेले पार्टीबाट निष्कासन गरेको थियो।  

त्यसपछि उनी अलग्गै अभियान चलाएर बसेका थिए। पछिल्लो समय माओवादी र एकीकृत समाजवादी लगायतका दल मिलेर नयाँ पार्टी बनाएपछि उनी त्यसमा भित्रिएका हुन्। अछाम गृहजिल्ला रहेका रावल एमालेमा छँदा उनको सुदूरपश्चिम क्षेत्रमा निकै पकड थियो। सुदूरपश्चिमको एमालेमा उनको एकछत्र राज चल्थ्यो।  

तर, पछिल्लो समय उनी एक्लिएर बसेका थिए। अहिले एकीकृत पार्टीमा गएपछि उक्त पार्टीमा आफ्नो विरासत फर्काएर राजनीतिमा पुनस्र्थापित हुने उनको चाहना छ। 

May be an image of one or more people, temple, dais and text that says "समाजबाद, राष्ट्रिय स्वाधीनताका सागि बृहत वामपन्यी एकता कायम गराँ| नेपाली कम्युनिष्ट पार्टी पार्टी एकता सन्देश समा आयोजक नगढी कैलाल मेघाली कम्यनिष पालीकम्युनिषर्द परटी सदूरपरिचम १२ दर"
May be an image of one or more people, speaker and crowd

प्रकाशित: १२ मंसिर २०८२ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App