२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेपाली राजदूत पण्डितले भने : विपिन जोशी जीवित रहेको प्रमाण अहिलेसम्म भेटिएन

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित रहेको प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन्।

बीबीसी न्यूज नेपालीका गनी अन्सारीले राजदूत पण्डितसँग गरेको कुराकानीमा यस्तो बताएका हुन्।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको पण्डितले बताए। उक्त जानकारी दिने क्रममा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई भिडियो कन्फरेन्समा उनीहरू रहेका थिए।

प्रकाशित: २७ आश्विन २०८२ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App