३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सिरकभित्रको फेसबुके विरोधमा होइन, स्टार्टअप स्टलमै नेपालको भविष्यः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित नरहेको बताएका छन्। सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूका उत्पादन हेरेका प्रधानमन्त्रीले नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा रहेको बताएका छन्।  

‘कोठामा सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरूको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ, जसले उद्यम गरिरहेको छ र अरूलाई पनि प्रेरणा दिइरहेको छ। जुन काम उहाँहरूले गर्नु भएको छ।’  

प्रकाशित: १६ श्रावण २०८२ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App