१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे नेपाल र जापानबीच छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले मन्त्रालयमा औपचारिक भेटघाट गरेका छन्। 

भेटका क्रममा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको छ। 

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। साथै, वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिन्। 

राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।  

प्रकाशित: १८ कार्तिक २०८३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App