सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’ मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे।
उनले चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको उनले उल्लेख गरे। ‘चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो’, सञ्चारमन्त्री खरेलले भने, ‘खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवर्द्धनमा उत्तिकै योगदान छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु।’
नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गरेका थिए।
दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तरराष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो।
प्रकाशित: ३ पुस २०८२ १७:११ बिहीबार




-600x400.jpg)
