२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाल-भारत सीमा नाका फागुन १९ देखि २१ सम्म बन्द हुने

वीरगञ्जमा आयोजित बैठकमा सहभागी नेपाल र भारतका सुरक्षा अधिकारी ।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारतसँग जोडिएको बारा, पर्सा जिल्लाका सीमा नाका तीन दिन बन्द हुने भएका छन् । शनिबार वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहभागी रहेको बैठकले भारतसँगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको हो ।

नेपाली पक्षबाट बैठकमा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय सुरक्षा अधिकारीहरुसँग शनिबार भएको बैठकमा तीन दिनसम्म सीमा बन्द राख्ने सहमति भएको बताए ।  

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग जोडिएको सीमा फागुन १८ गते मध्यरातिदेखि ७२ घण्टासम्म बन्द राखिने सहमति गरिएको उनले बताए । फागुन १८ गते राति १२:०१ देखि २१ गतेसम्म मतदान सम्पन्न नगरिएसम्म सीमा बन्द राख्ने प्रजिअ मिश्रले बताए।

बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने र संयुक्त गस्ती गर्ने समेत सहमति भएको उनले बताए।  सीमामा हुन सक्ने अबैध  कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।

बैठकमा भारतीय पक्षले वीरगन्ज हुँदै भारतको रक्सौलभन्दा दक्षिण बग्ने सिर्सिया नदीको प्रदूषित पानीको बारेमा समेत चिन्ता जनाउँदै पानीलाई सफा बनाएर मात्रै सिर्सिय खोलामा छोडने कार्यमा सहयोग गर्न नेपाली पक्षसँग आग्रह समेत गरेका थिए।  नेपाल–भारत सीमामा भइरहेको अतिक्रमण हटाउन पनि भारतीय पक्षले नेपाली पक्षसँग सहयोगको माग गरेको छ ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरु सहभागी थिए ।

प्रकाशित: १० फाल्गुन २०८२ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App