१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नेमकिपाले भन्यो: लिपुलेकबाट भारत र चीनले व्यापार गरे नेपालले राजस्व उठाउनुपर्छ

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गरे नेपालले त्यसबाट राजश्व उठाउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन्। 

‘भारतले नेपाली भूमि लिपुलेकबाट चीनसँग व्यापार गरेमा नेपाल सरकारले राजश्व उठाउन जरुरी छ,’ सांसद सुवालले भने। 

चीनमा राष्ट्रपति सी जिनफिङले आयोजना गरेको रात्रि भोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदी उभिँदाउभिँदै भेट गरेको विषय पनि सुवालले उठाए । 

‘प्रधानमन्त्री मोदीले तस्बिरसहित नेपालसँग गहिरो र विशेष सम्बन्ध भएको बताउनुभयो। के प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि लिपुलेक, कालापानी लिम्पियाधुरामा हस्तक्षेप किन भयो? भनी विरोध नगर्नुभएकोले मोदीले व्यङ्ग्य गर्नुभएको हो कि?,’ उनले भने। 

प्रकाशित: १८ भाद्र २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App