नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कन्द्रीय समिति बैठक हिजो (शनिबार) देखि भक्तपुरमा सुरु भएको छ। बैठकको पहिलो दिन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिएका थिए।
उनले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराएका थिए।
कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गरेका थिए। नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आज (आइतबार) पनि जारी रहने छ।
प्रकाशित: २२ चैत्र २०८२ ०६:४८ आइतबार





