१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा झण्डै ९० हजार मतदाता, अद्यावधिक हुने

ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटो सहितको मतदाता नामावलीमध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् ।  

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गत असार १६ गतेसम्म कार्यालयमा दर्ता भएको विवरणका आधारमा २०८२ साल कात्तिक १६ गतेसम्ममा मतदानका लागि योग्य हुने पालिकागत मतदाताको विवरण निकालेको छ । 

१६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने र मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २० गते सम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले मात्र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न कानुनी व्यवस्था गरिएको छ ।  

निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पछिल्लो समय सुरु भएको मतदाता नामावली संकलन अद्यावधिक कार्यमा संलग्नहरुको योग्य सूची समेत एकीकृत गरी मतदानका लागि योग्य मतदाता नामावली प्रकाशन हुनेछ । २०८२ साल कात्तिक १६ गतेसम्ममा मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला छन् । 

प्रकाशित: २२ आश्विन २०८२ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App