१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेकपा नेताको दाबी: काठमाडौं लालकिल्ला भइसक्यो, अब हामी बाहेक कोही जित्दैन

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता राजेन्द्र श्रेष्ठले काठमाडौं जिल्ला र बागमती प्रदेश नेकपाको लाल किल्ला भइसकेको दाबी गरेका छन्। शनिवार नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।

‘हामीले के देखेका छौँ भने यो १६ वटा पार्टीको एकीकरण र ध्रुवीकरणले यो जनताद्वारा अनुमोदित भइसकेको छ,’ श्रेष्ठले भने, ‘यो उपस्थितिले बागमती प्रदेश अब लाल किल्ला भइसकेको छ भन्ने प्रमाणित गरेको छ। यो काठमाडौं जिल्ला लाल किल्ला भइसकेको छ।’ अब यहाँ नेकपाबाहेक अर्को कोही नजित्ने प्रमाणित भइसकेको उनले दाबी गरे। 

अहिले देशको राष्ट्रियता संकटमा भएको र वैदेशिक शक्तिहरूले खेलिरहेको दाबी गर्दै श्रेष्ठले आन्तरिक रूपमा पनि देशका संकट रहेको बताए। ‘यस्तो स्थितिमा फागुन २१ को निर्वाचनमा हामीले गलत गरे जनताले धेरै दुःख पाउनेछ। किनभने यस पटकको अजेन्डा संविधान संशोधन पनि हो, यदि नेकपाले नजिते संविधान संशोधनमा गलत हुनेछ,’ श्रेष्ठले भने।

प्रकाशित: ५ पुस २०८२ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App