३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग

नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्रीले बोलेका ‘घाँटी सुक्नेगरी कराएर मात्र हुँदैन’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका हुन्।

गृहमन्त्री गुरुङले गणेश नेपालीको घटनामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो ?’ भनी प्रश्न गरेका थिए।

गृहमन्त्रीको उक्त अभिव्यक्तिले सांसदहरूको अपमानभएको भन्दै त्यसलाई हटाउन माग गरेका हुन्। उनले भने, ‘यो सांसदहरूप्रति र संसद्प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रुपमा मैले बुझेको छु। यसलाई संसद्को रेकर्डबाट हटाइयोस्।’ 

प्रकाशित: २६ असार २०८३ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App