२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक शुक्रबार बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले बैठक शुक्रबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने जानकारी दिए।

यो बैठक गत असोज २२ गते बसेको सचिवालय बैठककै निरन्तरता भएको उनले जनाए।

बैठकको एजेन्डाबारे विस्तृतमा केही नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही र पार्टीको आगामी रणनीतिबारे छलफल केन्द्रित हुने अनुमान गरिएको छ।

प्रकाशित: २३ आश्विन २०८२ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App