२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा : नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ

राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।आज (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट उनले शपथग्रहण गरेकी हुन्।

एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन्।

प्रकाशित: २४ चैत्र २०८२ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App