१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाका बहस: सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल भएको छ।

छलफलका क्रममा दलीय आधारमा सांसदले उक्त प्रस्तावित विषयमाथि आ-आफ्नो धारणा राखेका छन्।

यसै क्रममा सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीलाई राज्य व्यवस्थाप्रति उत्तरदायी हुन आग्रह गरिन भने सांसद उर्मिला अर्यालले प्रस्तावित विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

सांसद सोमनाथ पोर्तेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने जिम्मेवारी सरकारको रहेको बताउँदै वित्तीय सङ्घीयताको मार्गचित्रबारे मनन गर्न पनि आग्रह गरे।

त्यसैगरी सांसद रोशनी मेचेले डिजिटल साक्षरता बढाउने कुरामा सरकारले प्राथमिकता दिनुपर्ने बताइन्। बैठकमा महन्त ठाकुर, वासुदेव घिमिरे, सुरेशकुमार आलेमगरलगायत सांसदले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ५ जेष्ठ २०८३ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App