१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

समानुपातिकतर्फ ४८ महिला र ९ पुरुषको नाम टुंगो लाग्यो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आज बसेको सचिवालय बैठकले खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। 

विधिले माग गरेअनुसार ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको र नामावली आजै निर्वाचन आयोगमा बुझाउने उनको भनाइ छ। 

निर्वाचन आयोगले यी नामावली रुजु गरेर प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: १ चैत्र २०८२ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App