२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

लोकप्रियता देखाउन धेरै ठाउँबाट नाम सिफारिस गर्न लगाइन्छ : प्राध्यापक पोखरेल

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल  नेताहरूमा पार्टीभित्र लोकप्रिय रहेको देखाउन धेरै ठाउँबाट उम्मेदवारी  सिफारिस गर्न लगाइने गरिएको सुनाउँछन्। विभिन्न दलका शिर्षनेताहरुको नाम विभिन्न जिल्लाबाट सिफारिस भएको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।  

 ‘जनमत कहाँ राम्रो छ भनेर मूल्यांकन गर्नुपरेको हुन सक्छ। पुराना दलका नेताहरूलाई अहिलेको अवस्थामा जनताले रुचाएका छैनन् भन्ने प्रस्ट छ तर चुनावी वातावरण बनेपछि उनीहरूको पनि उम्मेदवारी पनि रहन्छ। यसले गर्दा जहाँ सुरक्षित हुन सकिन्छ, त्यहीबाट उम्मेदवारी दिने मनशाय राखिएको हुनपर्छ,’ प्राध्यापक पोखरेलले भने।

साथै अहिलेको अवस्था सहज नभएका कारण सुरक्षित स्थानको खोजी गर्नु पनि कारणपनि यस्तो रहेको हुन सक्ने उनको अनुमान छ।

यो पनि पढ्नुहोस्

दाहाल १० जिल्लाबाट सिफारिस: लोकप्रियता कि चुनाव हार्ने डर?

प्रकाशित: १६ पुस २०८२ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App