२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

आफ्नै बोली ज्योतिषिको जस्तो लाग्छ, ठ्याक्कै मिल्योः दाहाल

तीन नेता उस्तै भनिएकामा चित्त दुखाई

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले लाखौं जनताले सिंहदरबार घेर्छन् भनेर बोलेको आफ्नै बोली ठ्याक्कै मिलेको बताएका छन्। शुक्रबार सम्पादकसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।  

सँगै उनले प्रमुख तीन पार्टीका तीन नेता उस्तै भनेर आफूलाई पनि एउटै डालोमा मिसाएको भन्दै चित्त दुखाए। ‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ। तीन पार्टी तीन नेता उस्तै हुन्। यिनलाई चाहिँ..। भनेजस्तै भाषा बनाइएको छ,’ दहालले भने, ‘हामीलाई चित्त त दुखेकै छ। सुशासनको पक्षमा सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउने पनि उस्तै, तीनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने उस्तै।’  

आफूले सडकमा गएर जनता सडकमा उत्रिने कुरा पहिल्यै भनेको पनि उनले स्मरण गरे। ‘सडकमा गएर खबरदार यस्तो हुनेवाला छ है केही समयपछि,’ दाहालले भने।  

अहिले ती भिडिओ हेर्दा ठ्याक्कै मिलेको दाहालले बताए। उनले भने, ‘अहिले म आफ्नै विगतका मन्तव्यहरु यसो सुन्यो भने ज्योतिषिले भन्या जस्तो। ठ्याक¥याक्कै जेन भनेको त्यही भएजस्तो लाग्या छ।’  

प्रकाशित: २४ आश्विन २०८२ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App