२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सांसद ओलीको सरकारलाई प्रश्न : कर छुटको लाभ खोई ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि सांसद खुश्बु ओलीले सरकारको आलोचना गरेकी छन्। 

उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि, त्यसको प्रत्यक्ष लाभ जनताले महसुस गर्न सकेका छैनन्। मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता ?’

उनले कर छुट दिँदा पनि बजारमा मूल्य नघट्नु सरकारको असफलता भएको बताएकी छन्। उनले अगाडि लेखेकी छिन्, ‘प्रश्न सीधा छ, जब करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? किन सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल हुन्छ ?’ 

जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने मात्र नभएर प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने पनि हुनुपर्ने उनको तर्क उनको छ।

निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ। सरकारले भन्सार र पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा पनि घाटा कम नभएको दाबी गर्दै मूल्य बढाएको हो।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि : खाना पकाउने ग्यास दुई हजार नाघ्यो

प्रकाशित: २७ चैत्र २०८२ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App