प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ संकलन भइरहेको मतदाता नामावलीमा पाँच लाखभन्दा बढी मतदाता थपिएका छन्।
कात्तिक ३० गतेसम्म राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक्समार्फत् ५ लाख २७ हजार ६३७ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। बायोमेट्रिक्स मार्फत नाम दर्ता गर्नेको संख्या उल्लेख्य भएपछि सरकारको आग्रहमा आयोगले राष्ट्रिय परिचयपत्रमार्फत् अनलाइनबाटै नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाएको हो।
राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जना र बायोमेट्रिक्स मार्फत ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्। सरकारकै आग्रहमा आयोगले नाम दर्ता गराउने समय मंसिर ५ गतेसम्मका लागि थप गरेको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।
प्रकाशित: १ मंसिर २०८२ १३:१६ सोमबार





