१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बागमतीमा मन्त्रालय पुनर्संरचना, ६ मन्त्री बने बिनाविभागीय

बागमती प्रदेश सरकारले प्रशासनिक संरचना पुनर्संरचना गर्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। मुख्यमन्त्री इन्द्र बानियाँको नेतृत्वमा गरिएको यस निर्णयपछि प्रदेश सरकारको मन्त्रालय संख्या घटे पनि मन्त्रीहरूको संख्या यथावत् १४ रहेको छ।

नयाँ संरचना कार्यान्वयनको क्रममा तत्कालका लागि ६ जना मन्त्रीलाई विभागीय जिम्मेवारी नतोकिएको अवस्थामा राखिएको छ। उनीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल रहेका छन्।

सरकारले मन्त्रालयहरूको कार्यक्षमता बढाउने तथा प्रशासनिक खर्च घटाउने उद्देश्यले मन्त्रालय पुनर्गठन गरिएको जनाएको छ। विभागीय जिम्मेवारी नपाएका मन्त्रीहरूको जिम्मेवारी भने आगामी मन्त्रिपरिषद् बैठकपछि टुंगो लगाइने अपेक्षा गरिएको छ।

यसबीच प्रदेशको राजनीतिक समीकरण पनि परिवर्तनको चरणमा रहेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्यको भविष्यबारे छलफल जारी रहेको छ भने नयाँ राजनीतिक समीकरणको सम्भावनाबारे विभिन्न दलहरूबीच संवाद भइरहेको स्रोतहरूले बताएका छन्।

प्रदेश सरकारको आगामी संरचना र मन्त्रीहरूको जिम्मेवारीबारे अन्तिम निर्णय केन्द्रस्तरीय राजनीतिक सहमतिपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १ श्रावण २०८३ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App