४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयद्वारा सवा दुई अर्ब बेरुजु फर्छ्यौट

बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयले करिब सवा दुई अर्ब रुपैयाँ बेरुजु फर्छ्यौट गरेको छ । आर्थिक वर्ष  २०८१-०८२ मा दुई अर्व ३६ करोड १२ लाख ६३ हजार रुपैयाँको बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट गरेको जनाएको छ ।

अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ । “चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ।” आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने “कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्यौट गर्न लागेको छ ।”  

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१-०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताउनुभयो । “आर्थिक बर्ष २०७८-०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो,” अधिकारीले भने “अहिले शुन्य प्रतिशतमा झरेको छ ।” मन्त्रालयले बेरुजु फर्छ्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।  

समितिले विगत वर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्बन्धमा सम्बन्धीत निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्यौट, सम्परीक्षण र वित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ ।

प्रकाशित: ३ भाद्र २०८२ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App