जेन-जी प्रदर्शनका क्रममा सुरक्षा चुनौती बढेपछि नेपाली सेनाले आफ्नो सुरक्षामा राखेका पूर्वमन्त्रीहरू घर फर्किएका छन् ।
शान्तिपूर्ण प्रदर्शन प्रहरी दमनले हिसांत्मक बनेपछि जेन-जीको प्रदर्शनले उग्ररूप लिएको थियो ।
जेन-जीले सरकारमा सहभागीलाई निशाना बनाएपछि नेपाली सेनाले बहालवाला मन्त्री तथा पूर्वमन्त्रीहरूलाई आफ्नो सुरक्षामा राखेको थियो ।
अवस्था सामान्य भएपछि नेपाली सेनाले शनिबार सुरक्षामा रहेका सबैलाई छाडेको हो ।
प्रकाशित: २८ भाद्र २०८२ १९:२५ शनिबार





