१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निकोलसप्रति मन्त्री पुनको व्यङ्ग्य : सय प्रतिशत हावा कुरा कसले पत्याउँछ ?

शिक्षामन्त्री महावीर पुनले निकोलस भुसालले सय प्रतिशत हावा कुरा गरेको भन्दै व्यङ्ग्य गरेका छन्।

निकोलसले हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने भनाइ राखेपछि मन्त्री पुनले यस्तो व्यङ्ग्य गरेका हुन्। उनले नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिएपछि नेपालको पर्यावरण के हुन्छ? ३६ करोड सालको रुख कहाँ बेच्ने? भन्दै प्रश्न समेत गरे।

'ए! बल्ल थाहा भयो निकोलस भाईले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा, हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडि दिने रे,' पुनले सामाजिक सञ्जालमा लेख्छन्, 'त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ? ३६ करोड सालको रुख कहाँ बेच्ने?? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ?'

प्रकाशित: २७ कार्तिक २०८२ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App