भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले कर्णाली राजमार्ग र आसपासका सडक सञ्जालको स्थलगत अनुगमन सुरु गरेका छन्।
शुक्रबार सुर्खेतबाट दैलेख हुँदै कालीकोट पुगेका मन्त्री लम्सालले सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित प्राविधिक कर्मचारीसँग सडकको अवस्थाबारे संक्षिप्त जानकारी लिएका थिए। त्यसपछि उनले कर्णाली राजमार्गको स्थलगत निरीक्षणलाई निरन्तरता दिएका हुन्।
प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालको शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी पुगेर सडकको अवस्था निरीक्षण गर्ने कार्यतालिका छ। त्यसपछि नेपाल–चीन सीमास्थित हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ।
नयाँ आर्थिक वर्षसँगै मन्त्री स्वयं दुर्गम क्षेत्रमा पुगेर वर्षायाममा सडकको अवस्था, सम्भावित जोखिम र पूर्वाधारको अवस्थाबारे स्थलगत अध्ययन गर्न निस्किएकाले कर्णाली र सुदूरपश्चिमका सडक पूर्वाधार सुधारप्रति सरकार गम्भीर रहेको आकलंन गरिएको छ।
प्रकाशित: २ श्रावण २०८३ ११:५७ शनिबार


-600x400.jpg)


