४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मन्त्री खरेल भन्छन्: कुनै पार्टीमा गएको छैन, निर्वाचनमा उम्मेदवारीबारे निर्णय लिएको छैन

सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् ।  

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खरेलले चुनाबमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताए ।

मिडियामा आएका आफ्ना समाचारका बारे स्पष्ट पार्दै मन्त्री खरेलले भने, ‘म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।’

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उनले आफ्नो ध्यान चुनाबमा केन्द्रित भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।  

पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई  कायम राख्नुपर्नेमा जोड दिदै उनले फागनु २१ मा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताए ।  निर्वाचनमा सही, सत्यपरक र सन्तुलित सूचना एवं समाचार विश्वसनीय ढंगले सम्प्रेषण गर्न आग्रह पनि मन्त्री खरेलले आग्रह गरेका छन् ।  

मन्त्री खरेलले चुनाब नजिकिदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनाबलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्ध नहुने गरि मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  

 

प्रकाशित: २३ पुस २०८२ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App