कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कानुनमा गर्नुपर्ने सुधारबारेको छलफललाई तीव्रता दिएकी छन्।
उनले बिहीबार बसेको मन्त्रीपरिषद् बैठकबाट स्वीकृत सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमाथि मन्त्रालयमा छलफल गरेकी हुन्।
मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे मन्त्री गौतमले कानुन सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीसँग छलफल गरिरहेकी उनको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १४:५९ आइतबार





