१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

धार्मिक भ्रमणमा निस्केको माइक्रो चितवनमा दुर्घटना, १३ जना घाइते

नारायणगढ-मुग्लिन सडक खण्डमा इभि माइक्रो र टिफर एक-आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।

बुधबार दिउँसो पौने तीन बजेको समयमा भरतपुर–२९ स्थित नारायणगढ–मुग्लिङ सडक खण्ड घुमाउनेमा काठमाण्डौंबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको माइक्रो र विपरित दिशा तर्फ जाँदै गरेको ना २ क ५८८ नं. टिफर एकआपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन्।

महोत्तरीबाट धार्मिक स्थल भ्रमणमा आएका न्यू सरस्वती स्वावलम्वन महिला केन्द्र नं.८८ किसाननगर ६ का मानिसहरु चढेको माईक्रो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ भने ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। अन्य तीन जनाको अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा सबै महोत्तरीका रहेका छन्। घाइतेहरुको उपचार चितवन मेडिकल कलेज र मौलाकालिका हयस्पिटलमा भइरहेको छ।

घाइते हुनेहरुमा महोत्तरीको बर्दिबास नगरपालिका-६ का ४० वर्षिय श्याम कार्की, ७० वर्षिय शिवदेवी मण्डल, ४५ वर्षिय बिर्ज देबि ठाकुर, ५६ बर्षिया लक्षमी मिया देबि शाह, ५५ वर्षिया सतिया आदम रहेका छन्। उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ।

यस्तै, सोही ठाउँकी ३८ वर्षिया सिता देवि, ४० वर्षिया मञ्जु ठाकुर, ७० वर्षिया तपेश्वरी ठाकुर, ५० वर्षिया साबित्री शाह, ३५ वर्षिया शोभा मण्डल, ४३ वर्षिया बसन्ती आले, ६८ वर्षिया राम प्यारी शाह र सोही ठाउँकी ४० वर्षियाको नाम थर वतन नखुलेकी एक महिला घाइते भएकी छिन्।

प्रकाशित: १८ चैत्र २०८२ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App