२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

संसद्का तीन समितिको बैठक बस्दै

आज संघीय संसद् अन्तर्गतका तीन समितिका बैठक बस्दै छ। संघीय संसद् सचिवालय भवन, सिंहदरबारमा उक्त बैठक बस्ने भएका हुन्।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। यो बैठक आज दिउँसो २ बजे बस्ने छ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। यो बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ। यो बैठक बिहान ११ बजे बस्ने छ।

प्रकाशित: २२ श्रावण २०८२ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App